☰ open Loading... 18 November 2024|  

नाकाबन्दीले सुर्खेतमा तेल अभाव भएको हैन : निगम प्रमुख घिमिरे
  | ३० फाल्गुन २०७६, शुक्रबार १८:२५

सुशील खड्का
सुर्खेत । नाकाबन्दी वा कोराना भारसका कारण सुर्खेतमा तेल अभाव नभएको नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेले बताएका छन् । तीन दिन विदा र भारतमा होलीका कारण तेल आपूर्तिमा सहज नहुँदा केही दिन अभाव भएको स्वभाविक भएकाले बिहीबारदेखी आपूर्ती सहज भएको घिमिरे बताएका हुन् ।

‘हल्लै हल्लाका कारण नागरिकहरुमा भ्रम छर्ने काम भयो’ निगम प्रमुख घिमिरेले भने, ‘बिहीबारदेखी नै सुर्खेतका पेट्रोल पम्पहरुमा तेल वितरण सहज पारेकाले शुक्रबारदेखि सहज भइसकेको छ ।’

बाँकेको कोहलपुरमा बिहीबार र शुक्रबार सडक अवरुद्धका कारण पनि सहज रुपमा आपूर्तिमा असहजता भएको निगम प्रमुख घिमिरेको भनाई छ ।

आयल निगमको कर्णाली प्रादेशिक कार्यालयले शुक्रबार मात्रै ४४ हजार लिटर पेट्रोल पम्पहरुमा वितरणm गरेको छ । कार्यालयकानुसार शंखर, गंगामाला, सुर्खेत, उमा, भुवनेश्वरी र दीपमाला आयल स्टोरमामा चार/चार हजार लिटर पेट्रोल वितरण गरेको छ ।

यस्तै, बुलबुले, नारायण आयल स्टोरमा आठ÷आठ हजार र दैलेख आयल स्टोरमा चार हजार पेट्रोल वितरण गरिसकिएको निगमका प्रमुख घिमिरेले जानकारी दिए ।

‘अनावश्यक हल्लाको पछि नलाग्न आम नागरिकहरुलाई अनुरोध गर्दछु’ घिमिरेले भने, ‘सामाजिक सञ्जालको अवफाहमा नलाग्नुहोस् विस्तारै सुर्खेतमा तेल आपूर्ति सहज बन्दै गएको छ । भारतको नाकाबन्दीले तेल आपूर्ति बन्द भएको हल्ला गलत हो ।’