यामराज बिष्ट दैलेख चैत५, कोरोनावाट बच्न दैलेखका बिभन्न ठाउँहरुमा बिधार्थी तथा शिक्षकलाई मास्क बितरण गरिएको छ।दैलखका मावि र निमावि गरि १७ बिध्यालयमा अध्यनरत बिधार्थी र शिक्षकलाई मास्क वितरण गरिएको छ। विश्वब्यापी महामारीका रुपमा फैलिदै गइरहेको कोरोना भाइरस संक्रमणवाट बच्नका लागि मङ्गलबार एक कार्यक्रमका बिच दैलेखका माबि र निमाविका बिधार्थी र शिक्षकहरुलाई मास्क वितरण गरेको हो ।
नारायण नगरपालिका दैलेखको आर्थिक सयोगमा मास्क वितरण तथा कोरोना भाईरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको हो ।मास्क बितरण त्रिरभुवन मावि नयाँ बजार दैलेखमा ५०० मास्क, सरस्वती मावि तताङ २१६, बसन्त मावि किमुगाउ २००महेन्द्र मावि सोत३५३,नेरा मावि कालिमाटी २९७,हिमालय मावि भवानी१००,जनता मावि कोटथाप्ला१५०,रेडक्रस मावि भुर्ती ३००,जानकी आधारभुत बिध्यालय देवल काडा१६२,जनता आधारभुत नयाँ बजार ३००,नारायण आधारभुत बिध्यालय१६४,भैरव आधारभुत बिध्यालय बिजौरा१२०,नवदुर्गा आधारभुत छातिकोट २००,रैनादेवि आधारभुत बिध्यालय काडा १९६,बडाभैरव आधारभुत बिध्यालय जुफिया १७४,जनजागृर्ति पिउसे१५०र रैना देविमावि टाटामाखु ३००मास्क बितरण गरिएको शिक्षा युवा तथा खेलकुद्र शाखाका प्रमुख हिमालय जंग शाहले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै शाहले बिश्वब्यापी रुपमा महामारीका रुपले फैलिरहेको कोरोना भाईसरवाट बच्नका लागि बिषेश साबधानीहरु अपनाउन आग्रह गर्दै उनले कोरोना भित्रि सकेपछि भन्दा पनि भित्रिन नै नदिनका लागि सबैले आ आफ्नो तर्फवाट सचेत हुन आग्रह गर्नुभयो ।