दैलेख, – वडा कार्यालयबाट ७७ वर्षका जेष्ठ नागरिक ईन्द्रबहादुर खत्रीले बल्याङ्गकेट (न्यानो कपडा) पाउँदा निकै खुसी भए । वडा सरकारले आफु जस्ता जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरेको भन्दै खत्रीले खुसी ब्यक्त गरेका हुन् । उनी जस्तै ७६ वर्षका जेष्ठ नागरिक बलबहादुर विकले पनि आफुजस्ता गरिव तथा जेष्ठ नागरिकहरुका लागि बल्याङ्गकेट दिएर सम्मान गरेको भन्दै वडा अध्यक्षलाई धन्यवाद दिए । उनीहरुजस्तै वडाभरिका २९ जना जेष्ठ नागरिकहरुले बल्याङ्गकेट पाए । डुंगेश्वर गाउँपालिका वडा नम्वर २ को कार्यालयले २९ जनालाई बल्याङ्गकेट बाँडेको हो ।
क्याप्सन ः डुंगेश्वर गाउँपालिका वडा नम्वर २ को आर्थिक सहयोगमा जेष्ठ नागरिहरुलाई बल्याङ्गकेट वितरण गर्दै ,तस्विर ः गोविन्द केसी÷नागरिक
मापदण्ड बनाएर गाउँमा रहेका जेष्ठ नागरिकहरुलाई बल्याङ्गकेट वितरण गरिएको वडा कार्यालयले जनाएको छ । जेष्ठ नागरिक सम्मान स्वरुप वडा कार्यालयले बल्याङ्गकेट वितरणसंगै पोषिलो खाजा खुवाईएको वडाअध्यक्ष राजु केसीले बताए । वडाले वार्षिक कार्यक्रममै समावेश गरेर जेष्ठ नागरिकहरुका लागि यो कार्यक्रम गरेको जनाईएको छ। प्रति बल्याङ्गकेट १३ सय ५० रुपैँयाका दरले किनेर वितरण गरेको वडा कार्यालयले जनाएको छ ।