दैलेख– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै सरकारले लामो दुरीका यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिएसंगै दैलेखमा खाना पकाउने ग्यासको अभाव गरिएको छ। स्थानीयहरुले कृतिम ग्यास अभाव भएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अगुनमन भएको छ।
अनुगमनमा ग्यास भेटिएपछि जफत समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रबहादुर क्षेत्रीले बताए। दैलेखमा डिलर रहेको भेरी ग्यास र मनकामना ग्यासका गोदाममा अनुगमन टोलीले छापा हानेको थियो। ग्यास बिक्रेता श्रेष्ठ भाँडा पसल र एलिजा स्टोरमा अनुगमन गरिएको थियो। यहाँबाट नै दैलेखमा ग्यास वितरण हुने गर्दछ। अनुगमन टोलीले ग्यासको अभाव भए वा नभएको भन्ने बारे अनुसन्धान गरि जवाफसहित लिखित हस्ताक्षर गरेर अनुगमन गरेको थियो। अनुगमनमा ग्यास पाईएपछि जफत गरिएको जनाईएको छ।
अनुगमन टोलीले एक पटक ग्यास भण्डार गरेको ठाउँमा हेरेपनि पत्ता लगाउन सकेको थिए। फेरी अर्को भण्डार रहेको सूचना आएपछि श्रेष्ठ भाँडा पसलबाट ग्यास जफत गरिएको थियो। श्रेष्ठ भाँडा पसलबाट ११ वटा र एलिजा स्टोरबाट ३ वटा सिलिन्डर फेला परेको थियो।