☰ open Loading... 7 November 2025|  

प्रहरीले बहुमूल्य काईनेटिक पत्थर कब्जा गर्यो
  | ८ चैत्र २०७६, शनिबार १७:३०

दैलेख चैत ८,प्रहरीले काईनेटिक पत्थर अवैध रुपमा संकलन गरि ओसारपोसार गर्दै गर्दा बरामद गरेको छ। शुक्रवार दिउँसोे दैलेखको चामुण्डाविन्द्रासैनीबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ त ३११३ नम्वरको बालेरो जिप २५ वर्षका योगेश आर्चायले चलाई राखेको अवस्थामा जिप धनी सुर्खेत विरेन्द्रनगर नगरपालिका –३ बस्ने ४२ वर्षिय रुद्र कडेँललाई चेकजाँचको क्रममा काईनेटिक पत्थर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बोलेरो जिपको पछाडी भागमा लुकाईछिपाई लैजादै गर्दा काईनेटिक पत्थर बरामद गरिएको हो। बोलेरो जिपको पछाडी भागमा ५ पोका पत्थर रहेको थियो। सवै गरि ८० केजी काईनेटिक पत्थर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरि ओलीले बताए।

प्रहरीले जिप, पत्थर र गाडी चालक र गाडी धनीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ। आवश्यक अनुसन्धानका लागि वन डिभिजन कार्यालयमा बुझाईने प्रहरीले जनाएको छ।