☰ open Loading... 19 November 2024|  

ब्यक्तिगत खर्चमा माक्स वितरण
  | ९ चैत्र २०७६, आईतवार ०८:२५

दैलेख चैत ९, – दैलेखमा माक्स अभाव भईरहेका बेला नौमुले गाउँपालिका घर भएका समाजसेवी संदिप विकले दैलेखका विभिन्न ठाउँमा १ हजार थान माक्स वितरण गरेका छन् । कुनै पनि निकायले माक्स वितरणमा अग्रसर नभएकाले आफुले सानो सहयोग गरेको संदिपले बताएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, बजार नजिकै रहेको नमुना बस्तीमै पुगेर माक्स वितरण गरेका हुन् । त्यस्तै उनले नौमुलेमा रहेको ईलाका प्रहरी कार्यालय मार्फत माक्स वितरण गर्ने जनाएका छन् । २५ हजार लागतमा उनले १ हजार माक्स किनेर सरोकारवाला निकायहरुलाई वितरण गरेका हुन् ।

क्याप्सन ः नमुना बस्तीमा माक्स वितरण गर्दै संदिप विक तस्बिर पश्चिम नेपान अनलाइन खबर

चुनावमा चर्को भाषण गर्ने, अनावश्यक टिर्सट बाँड्ने दलका नेताहरु अहिले धुलो धुवाबाट बच्न तथा कोरोना भाईरसबाट बच्नका लागि चलाउनुपर्ने अभियानबारे बेखवर छन् । अभियानबारे कुनै तयारी समेत गरेका छैनन्। शनिवार विभिन्न निकायहरुमा पुगी माक्स वितरण गरेका हुन् । ‘मैले सार्वजनिक महत्व र बढी हुल हुने निकाय र दलित तथा गरिव बस्ती रहेको नमुना बस्तीमा माक्स दिएको हो ।’ सन्दिप विकले भने, ती निकायमा आउने जानेलाई हात धुने ब्यवस्था गर्नुभएको छ अव, माक्स नभएकाहरुलाई त्यहाँबाट दिनुहुनेछ ।’ आफुले नागरिकहरुका लागि सानो सहयोग मात्र गरेको संदिपको भनाई छ । अव, सरोकारवाला निकायहरुले अन्य स्थानमा यस्ता साना कामहरु गर्नु पर्दछ । प्रहरीले हात धुने ब्यवस्था हप्तादिन अघि नै मिलाएको छ । माक्स वितरण गरेर राम्रो काम भएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए ।