| ८ चैत्र २०७६, शनिबार १८:३५
सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आसपासमा चट्याङसहितको क्षणिक वर्षाको सम्भावना रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावले सुर्खेतका केही स्थानमा क्षणिक वर्षा भइरहेको हो ।
सुर्खेतका केही स्थानमा चट्याङसहितको वर्षा र असिना समेत परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनकाअनुसार यो प्रर्णाली केही बेरसम्म रहने सम्भावना छ ।
‘विहानपख मौसम सफा हुने र मध्यान्हपछि चट्याङसहितको वर्षा हुने अधिक सम्भावना हुन्छ’ मौसमविद् नगरकोटीले भनिन्, ‘प्री–मनसुनको समयमा यो प्रयाः यस्तो प्रर्णाली सक्रिय भइरन्छ ।’
यस्तो बेला अधिक चट्याङ पर्ने, हावाहुरी चल्ने र केही स्थानमा असिनासहितको वर्षा हुने भएकाले नागरिकलाई सजकता अपनाउन मौसमविद नगरकोटीको आग्रह छ ।