| २६ चैत्र २०७६, बुधबार ०९:१८
दैलेख, कोराना भाइरस (कोभिड १९)को संक्रमण बढिरहेको बेला जोखिम बढ्न नदिनको लागी मालिका मा .बि माहाबु३ बाँसीका प्रधानाध्यापक राम बहादुर बुढाले ले आफ्नै ब्यक्तिगत लगानीमा माहाबुका बिभिन्न विद्यालयमा र स्वस्थ्य चौकिमा माक्स, सेनिटाइजर वितरण गरेका छन्। कोराना संक्रमण बढेकाले रोकथाम रोकथामको लागी ब्यक्तिगत रुपमा माहाबुको बिभिन्न ठाउमा आफुले सानो सहयोग भए पनि गरेको प्रधानाध्यपक बुढाले बताए। ४०० थान मास्क र ५६०एमेल सेनिटाइजर खरिदगरि गरि ५० माक्स र ५६०एमेलसेनिटाइजर बाँसि स्वस्थ्य चौकि प्रमुख प्रेम बहादुर बिष्टलाई हस्तातरण गरेको, २०० थान मास्क मालिका मा बि , बाँसि र १५०माक्सगोल्डेन गेट बोर्डिङ स्मा विद्यालयमा पुगेर माक्स वितरण गरेका हुन् ।
