सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरभन्दा बाहिरका नागरिकहरुलाई पनि राहत वितरण गर्ने बताएको छ । पहिलो चरणमा नगरबासीलाई राहत बाँडेको नगरपालिकाले अब बाहिरबाट आएका नागरिकहरुलाई राहत वितरण गर्ने बताएको हो ।
सरकारले लकडाउन थप गरेसँगै वीरेन्द्रनगरमा आएर ज्याला मजदुरी गर्ने नागरिकहरुलाई पनि राहत वितरण गर्ने गृहकार्य शुरु गरेको नगरपालिकाका कार्यबहाक मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।
‘पहिलो चरणमा नगरकाबासीलाई प्राथमिकतामा राखेर राहत वितरण ग¥यौं’ ढकालले भनिन्, ‘दोस्रो चरणमा बाहिरबाट आएर नगर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई राहत बाड्न प्रदेशसँग बजेट माग गरिएकाले मन्त्रीपरिषद्को बैठकले आज दिने निर्णय गरेको छ । छिट्टै नै नगरमा अस्थायी बसोबास गर्नेहरुलाई राहत बाड्ने छौं ।’
केही वडाका नागरिकहरुले राहत नपाएकाे गुनासाे गरिरहेकाले उनीहरुकाे मागलाइ सम्बाेन्धन गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने कार्यबहाक मेयर ढकालकाे भनाइ छ । नगरपालिकाले नगरमा बस्ने पाँच हजार २२५ परिवारलाइ राहत विरतण गर्ने लागेको जनाएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले आज वीरेन्द्रनगर नगरपालिकालाई राहत वितरणका लागि ३० लाख दिने निर्णय समेत गरेको छ । बैठकले उक्त रकम कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक व्यवस्थापन गर्न प्रदेश विपत व्यवस्थापन कोषमा जम्मा भएको रकम पालिकाहरुलाई दिने निर्णय गरेको हो ।
नगरपालिकाकाे समन्वयमा वडा कार्यालयलाइ वितरणका लागि दिएकाे राहतमा वडाध्यक्षले वदमासी गरेकाे गुनासाे अाएकाे छ । वीरेन्द्रनगर १ मा बस्ने नागरिकहरुले वडा कार्यालयले दिएकाे राहतमा अाफ्ना नागरिकलाइ मात्रै दिएकाे गुनासाे गरेका छन् ।
यसअघि वितरण गरेकाे राहतमा वडा नम्बर एकका वडाध्यक्ष गंगाराम सुनारले माैनमाैजी गरेकाे अाराेप लगाएका छन् । ‘राहत वितरणका लागि स्थानीयलाइ मात्रै दिए, हामीलाइ लाइनमा लगाएर पनि राहत नदिएर फर्काए’ एक स्थानीयले भने, ‘हामीले किन नपाएकाे भनेर बुझ्दा वडाध्यक्षले कुनै जवाफ दिएनन्, वीरेन्द्रनगरमा बसेर पनि राहत नपाउँदा वडाकाे विभदकारी नीतिले दुखि बनायाे ।’
यता वडा नम्बर १ का वडाध्यक्ष गंगाराम सुनारले कार्यकापालिकाबाटै स्थानीयलाइ राहत दिनु भन्ने निर्देशनअनुसार राहत दिएकाे दावी गरे । सबैलाइ रिझाउन सकिएन् अालाेचना बढ्नु स्वभाविकै भएकाे उनकाे टिप्पणि छ ।