☰ open Loading... 28 November 2024|  

एशियन लाइफ इन्स्योरेन्सद्धारा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा ५ लाख रकम प्रदान
  | २८ चैत्र २०७६, शुक्रबार ०६:५८

चैत्र२८, सुर्खेत ,विश्वव्यापी महामारीको रुपलिएको कोरोना भाइरस को संक्रमण्ँ रोकथाम,नियन्त्रण तथा उपचारको यथोचित व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट मिति २०७६÷१२÷१४ मा प्रदेश विपद् व्यवस्थापन कोषमा स्वेच्छिक योगदानका लागि सार्वजनिक आव्हान गरिएकोमा यही मिति २०७६ चैत्र २१ गते एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनी,संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुको तर्फवाट सातवटै प्रदेश सरकारलाई रु.५ लाखका दरले कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा उपचारको लागि रकम प्रदान गर्ने निर्णय भए बमोजिम मिति २०७६ चैत्र २७ गतेका दिन कर्णाली प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री नरेश भण्डारीज्यूलाई कम्पनीको तर्फबाट प्रदान गरिने रकम कम्पनीका सहायक महाप्रबन्धक एवं कर्णाली प्रदेश प्रमुख श्री विजय पराजुलीबाट रु.५ लाख रकमको चेक हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा नागरिक दैनिकका कर्णाली व्यूरो इन्चार्ज नगेन्द्र उपाध्याय,कम्पनीका जुनियर अधिकृत मिलन श्रेष्ठका साथै सोही मन्त्रालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । चेक हस्तान्तरण कार्यक्रममा माननीय मन्त्री श्री नरेश भण्डारीज्यूले कम्पनीको तर्फवाट गरेको योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा एवं धन्यवाद व्यक्त गर्नुभएको थियो भने कम्पनीको तर्फबाट प्रदान गरिएको उक्त रकमले कोरोना भाइरस  भाइरसकाे संक्रमण्ँ रोकथाम,नियन्त्रण तथा उपचारको लागि कर्णाली प्रदेश सरकारका लागि सहयोगी हुने बताउनु भएको थियो।