सुर्खेत । सुर्खेतमा रहेको देउती नागरिक यातायात प्रा.लि.ल राहत वितरण गरेको छ । प्रा.लि.मा आवद्ध यातायात मजदुरलाई बिहीबार दैनिक उपभोग्य बस्तु खाद्यन्न वितरण गरेको हो ।
प्रा.लि.मा आवद्ध आफ्ना २० जना कर्मचारीहरुका लागि प्रति कर्मचारीलाई एकहजार पाँचसय नगद, ५० किलो चामल, पाँच केजी दाल, एक केजी नुन र एक तेल वितरण गरेको छ ।
राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ ले लकडाउनको बेला संस्थामा आवद्ध कर्मचारीहरुको आर्थिक स्थितिले भोकै बस्न नपरोस भनि राहत वितरण गरेको बताए । ‘हाम्रो कार्यले कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधैं कर्मचारीको साथमा छ भन्ने सन्देश दिन वितरण गरेका हौं’ उनले भने ।
प्रा.लि.ले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई ३१ कठ्ठा चामल, डेढ क्वीन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नुन हस्तान्तरण गरेको छ ।
यस्तै, स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपांगता भएका अर्का एक अशक्त व्यक्तिलाई १/१ कठ्ठा चामल २/२ केजी दाल र नुन, तेल राहत वितरण गरेको देउती नागरिक यातायातका सचिव रमेश खड्काले जानकारी दिए ।