☰ open Loading... 28 November 2024|  

प्रभु बैंक गुराँस शाखाद्वारा गाउँपालिकालाई ५० हजार राहत रकम हस्तान्तरण
  | २७ चैत्र २०७६, बिहीबार १६:४६

सुर्खेत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को रोकथाम र न्युन आय भएका व्यक्तिहरुलाई राहत दिन प्रभु बैंक गुराँस शाखाले रकम हस्तान्तरण गरेको छ । प्रभु बैंक गुराँस (घोडावास) शाखाले गाउँपालिकालाई बिहीबार ५० हजारको चेक हस्तान्तरण गरेको हो ।


बैंकका अप्रेशन इन्चार्ज सुनैना चौधरी र क्यासियर बन्दना बुढाथोकीले गाउँपालिकाका अध्यक्ष खेमराज वली र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढालाई चेक हस्तारन्तण गरेकी छन् ।

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेसँगै विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत पु¥याउन सहयोग पुगोस् भन्ने उदेश्यले आज चेक हस्तान्तरण गरिएको अप्रेशन इन्चार्ज चौधरीले बताइन् ।

प्रभु बैंकको केन्द्रीय निर्णय अनुसार नै गुराँस गाउँपालिकालाई पनि रकम दिएको उनको भनाई छ । बैंकले दिएको रकमले कोरानाको संक्रमण रोकथाम र आवश्यक स्रोत साधन थप गर्नमा मद्दत पुग्ने गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

अध्यक्ष वलीले विश्व नै कोरोनाका कारण आक्रान्त भइरहेको बेला बैंकले गरेको सहयोगले ठूलो राहत पुगेकाले बैंक परिवारलाई धन्यवाद दिए । ‘विपदको समयमा बैंकबाट प्राप्त रकमले गाउँपालिकालाई ठूलो सहयोग पुगेको छ’ अध्यक्ष वलीले भने, ‘गाउँपालिकामा भविष्य हुन सक्ने विपदका हरेक घटनाहरुमा पनि बैंकको साथ दिन आग्रह गर्दछु ।’

गाउँपालिका अध्यक्ष वलीको पहलमा २५ हजारबाट शुरु गरेको विपद व्यवस्थापन कोषमा हालसम्म तीन लाख बढी रकम जम्मा भएको छ । कोषको जम्मा भएको रकम स्वास्थ्य उपकरण तथा राहतमा खर्च गरिने अध्यक्ष वलीले बताए ।