| २७ चैत्र २०७६, बिहीबार १८:१५
सुर्खेत । कर्णाली सरकारले स्थापना गरेको प्रदेश विपद् कोषमा प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन)ले राहत रकम हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई संयुक्त रुपमा इन्जिनियरिङ्ग एशोसिएशन नेपालका अध्यक्षका पदाधिकारीहरुले ९० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को रोकथाममा इन्जिनियरिङ्ग एशोसियशनले राहत रकम दिएको अध्यक्ष रामचन्द्र विसीले जानकारी दिए ।