दैलेख, चैत्र २९– कोरोना भाइरसको रोकथाम र न्युन आय भएका व्यक्तिहरुलाई राहत दिनका लागि भगवतीमाई गाउँपालिकालाई प्रभु बैंक भगवतीमाई शाखा बेस्तडाले सहयोग रकम हस्तान्तरण गरेको छ । शाखाका प्रर्वधक दुर्गा रेग्मीले गाउँपालिका प्रमुख दानबहादुर थापालाई उक्त ५० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
क्याप्सन ः प्रभु बैंक भगवतीमाई शाखाले गाउँपालिकालाई राहत रकम हस्तान्तरण गर्दै ।
कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेसँगै विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत पुर्याउन गाउँपालिका मार्फत उक्त सहयोग रकम बैंकले हस्तान्तरण गरेको हो । यस्तो विपतीको बेला बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गाउँपालिका मार्फत रकम सहयोग गरेको हो । गाउँपालिकाले चालेको राहत अभियानमा बैंकले ५० हजार रुपैँया आर्थिक सहयोग गरेको बैंकका शाखा प्रर्वधक दुर्गा रेग्मीले बताए । बैंकले गाउँपालिकालाई दिएको रकमले अति विपन्न तथा ज्यालादारी बाट दैनिक गुजारा गर्ने परिवारका लागि खर्च गरिने गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।