☰ open Loading... 28 November 2024|  

नगरपालिकालाइ प्रभुकाे सहयाेग
  | २८ चैत्र २०७६, शुक्रबार १६:४८

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको नगर विपद् कोषमा सहयोग रकम जम्मा हुन थालेको छ । कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहत कोषमा प्रभु बैंक शाखा सुर्खेतले एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो ।

बैंकका प्रदेश मेनेजर शरद तिमिल्सेनाले नगरपालिकाका कार्यबहाक प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई चेक हस्तान्तरण गरेका छन् ।

नगर कार्यपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो । नगरपालिकाको बाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी २ करोडको कोष स्थापना गरेको हो । कोषमा हाल नगर स्तरिय ठुला ४ वटा आयोजनाहरुबाट प्रति योजना ५० लाख कटौती गरी रकमान्तर गरिएको छ ।

हालसम्म बन्दोबस्त गरिएको राहत खाद्यान्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ् र अन्य पसलहरुमा समेत गरी ९३ लाख २५ हजार खर्च भैसकेको र भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।