☰ open Loading... 28 November 2024|  

सैनिक महाविद्यालयले शुरु ग¥यो अनलाइन कक्षा
  | २८ चैत्र २०७६, शुक्रबार १७:०७

सुर्खेत । वीरेन्द्रनगरमा रहेको सैनिक अावासिय महाविद्यालयले अनलाइन कक्षा शुरु गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन थप गरेपछि विद्यालयले विद्यार्थीहरुलाइ पुनर्ताजकी गराउन अनलाइन कक्षा शुरु गरेको हो ।


विद्यालयमा अध्ययनरत कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरेर कक्षा शुरु गरिएको महाविद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम् शिक्षक बेतेन्द्रकुमार दहालले जानकारी दिए ।

लकडाउन नसकिदासम्म विद्यार्थीहरुले विगतमा पढाएको विर्सने र घरमा बस्दा परीक्षाको तयारी कसरी गर्ने भन्ने तनावमा रहने भएकाले पनि उनीहरुको सहजताका लागि अनलाइन कक्षाबाट पढाउन शुरु गरिएका दहालको भनाई छ ।

विद्यालयले जुम क्लाउड मिटिङ सफ्टवेयर प्रयोग गरेर समय तालिकाअनुसार कक्षा शुरु गरिएको छ । मुख्यमगरी अंग्रेजी, विज्ञान, गणित र अनिवार्य नेपाली विषय पढाउन शुरु गरिएको दहालको भनाई छ ।

‘अनलाइन कक्षामा सहभागी हुन सबै विद्यार्थीहरुसँग सम्पर्क भएरै कक्षा शुरु गरेको हौं’ दहालले भने, ‘तत्कालका लागि चार विषयमात्रै पढाइ रहेका छौं यदि लकडाउन थप भएमा अन्य विषयहरु पनि अनलाइनमार्फत नै कक्षा लिने योजनामा छौं ।’

हालसम्म एकसय जना विद्यार्थीहरुले अनलाइन कक्षामा सहभागी भइरहेको पनि दहालको भनाई छ । विहान १० देखि दिउँसो तीन बजेसम्म विभिन्न ग्रुप बनाएर पढाइरहेको पनि उनले जनाए ।