☰ open Loading... 29 November 2024|  

सुर्खेत काँक्रेविहारद्वारा कर्मचारीकाे घरमै पुगेर राहत वितरण
  | २९ चैत्र २०७६, शनिबार १९:१६

सुर्खेत ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिँन सरकारले लकडाउन गरेकाे छ । सरकारले तेस्राे पटक लकडाउन थप गरेपछि सुर्खेत काँक्रेविहार यातायात प्रा.लि. ले कर्मचारी र सुरक्षाकर्मीलाइ राहत वितरण गरेकाे छ । लकडाउन लम्बिएसँगै मजदुरी गरेर जीविकोपार्जन गर्न गाह्रो भएका आफ्ना कर्मचारीहरुलाई अाज राहत वितरण गरेकाे हाे ।

प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले आफ्नो संस्थामा कार्यरत ३५ जना कर्मचारीहरुलाई राहत वितरण गरेको जानकारी दिए । राहतमा २५ केजीको १ कठ्ठा चामल, दाल ३ केजी र १ पोका तेल दिएकाे बताए ।

 

काेराेना भाइरसबाट बच्न भीड नगरेर सम्बन्धित कर्मचारी मजदुरहरुको घरमा नै पुगी राहत वितरण गरेकाे अध्यक्ष सापकोटाकाे भनाइ  छ  । उनले सुरक्षाकर्मीहरुका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्रशोधित पिउने पानी ५० पेटी र खाजाका लागि ४५ कार्टुन चाउचाउ पनि दिएकाे जनाए ।

प्रा.लि.ले ट्राफिक प्रहरीहरुका लागि २० पेटी पानी र १५ कार्टुन चाउचाउ पनि हस्तान्तरण गरेकाे छ । विश्व नै काेराेना भाइरसबाट अाक्रान्त बनिरहेकाे बेला संकटकाे समयमा  दिएकाे राहतले हाम्रा कर्मचारी एवं सुरक्षाकर्मी साथीहरुको काममा मनोबल उच्च हुनेछ विश्वाश अध्यक्ष सापकोटाकाे छ ।