| ३ बैशाख २०७७, बुधबार १७:३५
सुर्खेत । रुकुम पश्चिमवाट कोरोना भाईरस (कोभिड-१९) परिक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । उनीहरूकाे थप परिक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन्।
शंकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतवाट फर्केको र उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालमा आईशोलेशनमा राख्ने तयारी भईरहेको पनि मन्त्री रावलले बताए ।