☰ open Loading... 26 February 2025|  

उद्योग वाणिज्य संघका अध्यक्ष बिकले गरे समस्या परेका मजदुरलाई सयाेग (फोटो फिचर)
  | ७ जेष्ठ २०७७, बुधबार १८:०७

यामराज बिष्ट दैलेख,जेठ७-उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकले बाहिर जिल्ला बाट दैलेखमा ब्यवसाय गर्दै आएका समस्या परेका नागरिकलाई सयाेग गरेका छन् ।कैलाली बाट दैलेख बजारमा भाडाकुडा बनाई जीवन यापन गर्दै आउनुभएका २१जना नागरिकलाई जिल्ला प्रशासन कार्यालय संग समन्वय गरि उनिहरुलाई स्वास्थ सामाग्री बितरण गरी कैलाली सम्म जाने पासकाे ब्यवस्था गरेका हुन  ।याे भन्दा पहिला दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष विकले व्यक्तिगत लगानीमा ५ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

उनले व्यक्तिगत लगानीमा दैलेखका पुरानो बजार,नयाँ बजार ,गणेश चोक,काडाँचौर,भैसेखोर जिल्ला कारागार जिल्ला प्रहरी,लगायतका विभिन्न निकायमा गरी १७भन्दा स्थानमा ५ लाख भन्दा बढि रकम बराबरको स्वास्थ्य सामाग्री वितरण गरीसककाे छन् ।