☰ open Loading... 25 February 2025|  

दर्ता भयो संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा
  | ९ जेष्ठ २०७७, शुक्रबार १७:५०

जेठ ९, काठमाडौं संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्ताव दर्ता गरेकी हुन्।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ। उक्त क्षेत्र निशान छापमा समावेश हुनुपर्छ।

संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाई मत आवश्यक हुन्छ। संविधानको अनुसूची ३ अनुसार निशान छापमा समावेश गर्न संविधान संशोधन अनिवार्य छ।सामाभ थाहा खबर