☰ open Loading... 25 February 2025|  

कर्णालीका पहिलो कोरोना संक्रमित युवालाई सुर्खेत लगियो
  | ९ जेष्ठ २०७७, शुक्रबार १८:०८

जेठ ९, दैलेख- कर्णालीमा प्रदेशका पहिलो कोरोना संक्रमित आठबिस नगरपालिका १ दैलेखका ३५ वर्षीय युवालाई सुर्खेत लगिएको छ। गत ५ गते कोरोना पुष्टि भएका उनलाई चार दिन दैलेख राखेर सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीलेजानकारी दिए। प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल घोषणा गरेको भए पनि कोरोना अस्पतालमा लगेर उपचार नगरिएको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो। भारतको वनवासा हुँदै दैलेख आएका उनलाई आठबिस नगरपालिकाले गत चैत्र ३१ गते उद्धार गरी दैलेख ल्याएको थियो भने उनीसँगै ३९ जनाको उद्धार गरिएकोमा ३८ जनामा कोरोना नेगेटिभ देखिएको छ।