☰ open Loading... 26 November 2024|  

क्वारेन्टाइनमा सजाय कोठाभरि कोचाकोच
  | १२ जेष्ठ २०७७, सोमबार १०:०३

गोविन्द केसी
दैलेख, जेष्ठ १२ – दैलेखको नारायण नगरपालिकाभित्र बनाईएका क्वारेन्टाइनमा भारतबाट आएकाहरु जिल्लाबासीहरु कोचाकोच बस्नुपरेको गुनासो गरेका छन् । एउटै कोठामा २० देखी २५ जनासम्म बस्नुपरेको दुखेसो उनीहरुले गरेका हुन् । नारायण क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयमा बस्नेहरुले दुःख पाएको गुनासो गरेका हुन् । आफुहरुलाई अमानविय रुपमा यहाँ ल्याएर बसालिएको गुनासो उनीहरुले गरेका हुन् । एउटै कोठामा खादिएर बस्नु परेको छ त्यसमा पनि शौचालय लगायतका अन्यहरुहरु समिति हुँदा समस्या झेल्नुपरेको क्वारेन्टाइनमा बस्दै आएका टेकबहादुर खड्काले बताए ।

क्याप्सन ः त्रिभुवन माध्यमिक विद्यालयमा एउटै कोठामा सुतेका ब्यक्तिहरु ।
क्वारेन्टाइनको ब्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाको हो । तर, ब्यवस्थापन कमजोरी हुँदा उनीहरुलाई खानादेखी बस्न र शौचालयसम्ममा समस्याहरु भईरहेको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरेका छन् । क्वारेन्टाइनमा एकान्त बास हुनुपर्नेमा सवैलाई हुलमुल गरेर एकै ठाउँमा कोचिएको जगत थापाले गुनासो गरे । ‘को कहाँबाट आएको हो ? को कस्तो छ ? थाहा छैन् ।’ थापा भने, हामीलाई यहाँ सगै राखेर झन् डर क्रसपूर्ण रुपमा बस्नुपरेको छ ।’ जतिसक्दो सहज र ब्यवस्थापन राम्रो गर्न लागि परेको नारायण नगरपालिकाले प्रतिक्रिया दिएको छ ।