| १२ जेष्ठ २०७७, सोमबार १८:१९
दैलेख जेठ१२-भारतकाे विभिन्न ठाउँबाट दैलेखको नारायण नगरपालिकामा आउँदै गरेका यात्रुहरुले गाडी नपाउँदा अलपत्र परेका छन् । भारतबाट आएका उनीहरु गुँरासेसम्म नेपालगंजबाट नगर बसमा आएकाेे र त्यहाँबाट नारायण नगरपालिकाले ल्याउन नसक्ने भनेपछि अलपत्र परेका हुन् । उनीहरु गुरासेँमा अलपत्र परेपछि विरोध समेत गरेका थिए । करिब उनीहरु ७० जना रहेका नारायण नगरपालिका घर भएका उनीहरु राेेेजगारीकाे सिलसिलामा भारत गएका थिए । आफुहरुले नगरप्रमुखलाई उद्धारका लागि पहल गरिदिन भने पनि सुनुवाई नभएको भारतबाट फर्किएका नागरिकहरुले गुनासो गरेका छन् ।