☰ open Loading... 25 November 2024|  

नाकामै कर्णालीबासीलाई सेवा
  | १५ जेष्ठ २०७७, बिहीबार २१:३३


दैलेख– दैलेख पुरानो बजार घर भई हाल कन्चनपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश केसीले भारतबाट महेन्द्रनगर हुँदै आएका कर्णालीबासीहरुलाई ब्यक्तिगत खर्चमै चाउचाउ र पानी खुवाएका छन् । दैलेख, सुर्खेत तथा कर्णाली प्रदेश आउनेहरुलाई सिमामै पुगेर खाजा ब्यवस्थापन केसीले गरेका हुन् । दैनिकजसो आउने यात्रुहरुलाई उनले आफ्नो तर्फबाट पानी र चाउचाउ खुवाइएका हुन् ।

लामो समयदेखी भारतबाट यात्रा गरेका आएका यात्रुहरुलाई खाजाको ब्यवस्थापन गरेकामा यात्रुहरुले उनलाई धन्यवाद समेत दिने गरेका छन् । आफुहरु नेपाल आएपछि खाना र खाजाको कुनै टुगों नै थिएन् तर, उहाँ (प्रकाश केसी) आफुहरु भएको ठाउँमै पुगेर पानी र चाउचाउको ब्यवस्थापन गर्नुभएको दैलेख आएका यात्रु हरि विकले बताए ।