☰ open Loading... 25 February 2025|  

स्वास्थ्य कार्यालय दैलेखले एक हप्ताको लागि इमर्जेन्सी वार्ड सिल गर्दै
  | १७ जेष्ठ २०७७, शनिबार २२:२६

दैलेख -जिल्ला स्वास्थ्य कार्यालय दैलेख को इमर्जेन्सीमा उपचार गराउदै आएका एक जना बिरामी को आरडिटी जाँच गर्दा पोजेटिभ देखिए लगत्तै अस्पतालकाे इमर्जेन्सी वार्ड लाई एक हप्ताको लागि सिल गरिएको छ।आरडिटी पाेजेटिभ देखिएको ब्यक्ती केही दिन अगाडि भारतमा क्वारेन्टाइन बसि भागेको खुलासा भएको छ!
उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा विरामीहरु को कोरोना भाइरस परीक्षण तथा स्वास्थ्य जाँच गर्नुपर्ने भएको हुँदा एक हप्तालाई इमर्जेन्सी वार्ड बन्द गरिएको खोप संयोजक थिर प्रसाद रेग्मीले बताए।अस्पतालले आवश्यकता अनुसार छुट्टै इमर्जेन्सी सेवा दिइने जनाएको छ। क्वारेन्टाइन बाट भाग्ने व्यक्ति महाबु गाउँपालिका का हुन्।