☰ open Loading... 19 September 2024|  

जेठ३२ सम्मलकडाउन लम्बिने , सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय
  | १७ जेष्ठ २०७७, शनिबार २२:४६

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै भने, जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’@अनलाइन खबर