☰ open Loading... 6 November 2025|  

आज एकैदिन ४५जनामा काेराेना पुष्टि, कर्णालीमा सङ्क्रमित संख्या १०५
  | १७ जेष्ठ २०७७, शनिबार २३:२६

 

यामराज बिष्ट दैलेख – कर्णाली प्रदेशमा आज एकैदिन थप ४५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परिक्षणमा कालिकोटमा १७,सल्यानमा२५ जना ,दैैैैलेखमा१ ,बझाङ १, सुर्खेत१ काेराेना संक्रमित थपिएका हुन् ।आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै सल्यानका रहेका छन् ।  कर्णालीमा ४५जना थपिए सँगै कर्णालीमा सङ्क्रमितकाे सङ्ख्या१०५ पुगेकाे छ ।थप १८ जना काेराेना भाईरसका बिरामी थपिएको खबर आए पनि पुष्टि हुन सकेको छैन भने थप १८ जना पुष्टि भए लगत्तै कर्णाली प्रदेशमा १२३ जना कोरोना संक्रमितकाे सख्या पुग्ने छ।