☰ open Loading... 19 September 2024|  

शिक्षक थापाले गरे खाद्यन्न सयाेग र एक महिनाको घर भाँडा छुट
  | १८ जेष्ठ २०७७, आईतवार ०८:३१

दैलेख  : नेपाल शिक्षक संघ दैलेखका उपाध्यक्ष एवम् शिक्षक भक्त बहादुर थापाले भारतका विभिन्न ठाउँबाट आई महाबु गाउँपालिका वडा न २ वडा खोलामा रहेको आधारभूत विद्यालयमा क्वारेनटाइन बसेका ५१ जना नागरिकलाई खाद्य सामाग्री संगै एक महिलाको घरभाडा छुट गरेका छन् ।विश्वमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण समस्या थुप्रै नागरिकको जीवन अस्तब्यस्त बनाएको छ। स्थानीय नागरिकलाई सरकारले अनिवार्य १४ दिन क्वारेनटाइनमा राख्नु पर्ने प्रधान गरेपछि स्थानीय तहले निर्माण गरेको क्वारेनटाइन ब्यस्थीत नभएको खानेपानी,खाद्यान्न सामाग्री, सरसफाइका सामाग्री नभएको गुनासो आएपछि आफूले दैलेख सदरमुकाम बाट खाद्यन्न लगायत स्वास्थ्य सामाग्री लिएर वितरण गरेको थापाले बताउनुभयो।

शिक्षक थापाले दैलेख सदरमुकामको गणेश चोकमा रहेको घरमा बस्ने भाडाँवालाई एक महिनाको घरभाडाँ मिनाहा गर्ने घोषणा गरेका छन् । सरकारले लकडाउनको अवधिमा घर भाँडामा बस्नेलाई घरभाडाँ मिनाहा गर्न आम घरधनीलाई आग्रह गरे बमोजिम एक महिनाको घरभाडाँ नलिने बताए। घर भाडा नलिने दैलेख जिल्लामा पहिलो व्यक्ति शिक्षक थापा हुन ।