☰ open Loading... 19 September 2024|  

थप१८जनामा काेराेना पुष्टि, कर्णालीमा सङ्क्रमित संख्या १२३
  | १८ जेष्ठ २०७७, आईतवार १०:४०

यामराज बिष्ट दैलेख – कर्णाली प्रदेशमा आज एकैदिन थप १८जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परिक्षणमा दैलेखका १७ कोरोना सङ्क्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै दैलेखका रहेका छन्। कर्णालीमा १८जना थपिएसँगै कर्णालीमा सङ्क्रमितकाे सङ्ख्या१२३ पुगेकाे छ ।