☰ open Loading... 25 November 2024|  

बस दुर्घटना हुदा चालककाे मृत्यु
  | २१ जेष्ठ २०७७, बुधबार १९:११

दैलेख जेठ २१-दैलेखको तल्लो डुङ्गेश्वर देखि महेन्द्रनगर तर्फ फर्किदै गर्दा गुरासगाउँपालिका ४ घोडाबासमा बस दुर्घटना भएको छ । भारतबाट आएका यात्रुहरुलाई गन्तव्यमा छोडेर फर्किएको ना ५ ख १६८५ नम्बर को बस ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। बसमा चालक र सहचालक दुईजना सवार थिए । मृतक चालकको ठेगाना खुलेको छैन।