दैलेख जेठ२१-भैरवी गाउँपालिका दैलेखका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरासिंह थापा माथि आक्रमण भएको छ । भारतका विभिन्न ठाउँबाटअाई वडा नं. ४ मा रहेको क्वारेन्टाइनमा बसेका युवाहरुले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत थापामाथि आक्रमण गरेका हुन।
आरडीटी परीक्षणको रिपोर्ट आएपछि निमित्त प्रमुख प्रशासकिय अधिकृतले उनिहरुलाई सम्झाएर घरमा होम क्वारेन्टाइनमा बस्ने सल्लाह सुझाव दिँदै गर्दा ढुङ्गा हानेपछि प्रशासकिय अधिकृत थापा घाइते भएका हुन ।क्वारेन्टाइमा बसेका युवाहरुले गाउँपालिकाको स्र्टोस शाखा चेक गर्न माग राखेको र प्रशासकिय अधिकृत त्यो समय स्र्टोस चेक गर्नेभन्दा पनि सुरक्षीत भएर बस्ने समय भएको बताएपछि युवाहरुले उनिमाथि नै आक्रमण गरेका हुन् ।करिब ४६ जनाको समुह आन्दोलनमा उत्रिएका थिए। आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत थापा घाइते भएका छन्। थापाको छात्ती, टाउमा चाेट लागेको छ। उक्त घटनामा संलग्न१२जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ।