देश बनाउँ कृर्षी थालौ,
यि पांखुरी खियांउ लौ ।।
आत्म निर्भताको बाँटो,
आजै देखी रौजौ टाँठो ।।
सरकार कीन चुप बसेका,
छौ देउ आधुनिक कृषी ।।
औजार र योजना तवन,
सरकार कृषीले फडको ।।
मारेर आत्म निर्भता पलाउला
दुश्शमनको धज्जी उडाई जिवन ।।
शुखमय बनाउला जिवन
धन्य बनि इश्वरत्व प्रयाप्त गर्ला जिवन ।।
हजुर कुनै पनि सरकारका अथवा जुनै पार्टीका खोक्रा भाषणले कृषकको जमिन शिन्चीत हूदैन । नर्सरीमा बोट विरुवा उम्रीदैनन्, फलफुल आफै फल्दैनन्, विना सिचाँई र विना आधुनिक कृषी औजारले बाँझौ रहेको जमीन जोतीईदैन। मल विउविजनमा कमिशन कृर्षिका नाउमा बिदेशबाट आयर्तित बस्तुमा कमिसन ,मट्टीतेल पेटा«ेल मा कमिसन, सडक खन्न डोजर किन्न कमिसन कृषकको उखु बालीमा कमिसन, वैदेसिक रोजगारमा कमीसन, जहाज खरीदमा कमीसन करोडका कार्पेट खरीद गर्दा कमिसन, हातहातीयार खरीद कमिसन ,दीउसै झरो बालेर हेर्नु पर्ने भयो ।
विकाश समवृद्धी र उन्नतिका दीन त्यसैमा सुन काण्ड जहाज काण्ड , गाडी खरीद काण्ड , काण्डै काण्डमा देश लुटेर विस्तार वाद भारतले लगिसकेको सामाजिक सन्जालमा आईरहदा गोहीले हात्ती निलेको यहाँका सरकार र दलहरुलाई विचरा कहाँबाट जानकारी होस र विचरा फुर्सदमै छैनन अनि विकाश र निर्माणले त सीमित राजनैतिक घेरा भित्र रहने मान्छेलाई मात्र तन्नेरीमा वैसको मात र बुढेसकालमा पैँसा महल विल्डीङ्गको मात झोले झीम्टे र आशे पाशे गुण्डा दलाल छीनारको मातले पिरलोमा परेका ठेकेदार जरले ठगेरै करोडौँका योजना निर्माण गर्दा नगर्दै भत्कीने पुल पधेरा र सडक विल्डीङ्गले काम पाई रहदा सम्म कृषी उद्योग रोजगार र निर्माणको बजार त दील्ली बहुत दुर ह ैकी वाते है । यस्तै निती र कार्यक्रमलाई चुनौती दीदै जिल्ला दैलेख ना.न.पा वार्ड नं ४ सोतकी कृषी प्रेमीले पन्चकोषी बहु उद्धेशिय कृषी तथा पशुपन्छि फमको प्रो पराईटर श्री लक्ष्मी कुमारी थापाले माता लक्ष्मी को तागत देखाई दीनु भाछ । उहाँले २०७१ साल देखी सुरुवात गरीएको नर्सरी १३ रोपनि जमिनमा केरा खेती ५ पाँच रोपनि जमिनमा आँप खेती १० रोपनि जमिनमा सुन्तला जात किवीका लाखौँ विरुवा उमार्न सक्ने क्षेमता को नर्शरी ४ रोपनि जमिनमा अलैची खेती संगै गहुँ मकै धान कोदो ३ रोपनि छुट्टै जमिनमा सुन्तला जात अनार घाँस,विकाशे किमु, प्याजको विउ,उत्पादन अम्लीसो, ३ तीन रोपनि जग्गामा रुद्राक्ष ७वटा बोट , प्लास्टीक टनेलमा गोलभेडा खेती कि.वी र हलुवा वेद यति मात्रै ले कृर्षी पृग्दो रहेनछ ।भैषी २ वटा,बाख्रा २० वटा विकासी वयर जातका, धान खेती १५ रोपनिमा र त्यसैमा सिजन अनुसार गहुँ,जौहुं, दाल मासं केराउ, भटमास, अन्दाजी २ मुरी मुसुरो , कुखुरा २५ वटा आंन्सीक च्याउ खेती गरी बार्षीक आम्दानी करीब ५ लाख देखी सात लाख सम्म हुने गरेको उहां न १ कृर्षक श्री लक्ष्मी कमारी थापा वताउनु हुन्छ ।
उहाँको फार्ममा मनै लाभ्याउने वोटविरुवा खसि बाख्रा र भैषी छन । विकाशी वयर जातको खसि वक्र्षमा २० हजार पाउने प्रति खसी बताउनु हुन्छ । प्रति केजि रु सात सय मा बेच्ने पनि मज्जाले बताउनु हुन्छ । उहाँको अर्को रोचक कुरा प्रस्तुत गर्नुहुन्छ ।न्युनतम ज्याला रु ३०० देखी अधिकतम ज्याला रु ५०० सम्म स्थानियले कृर्षी फर्म मा ज्याला पाउनु का साथै खान फलफुल समेत पाउने गरेका छन। यस्तो ज्याला पाउने मजदुरहरु प्रति दीन विशौ जनाले रोजगार मजदुरी ज्याला पाउने गरेको हामी फर्म हेर्न जादाँ पायौ , यो गौरव शालि फर्मले एक किशिमको मात्र क्षेमता राख्दैन ।यो बहुआयामी बहू उद्धेश्य र देशको प्राईभेट १ एक् फार्म मैले आफै हेरे जहाँ आर्को फेरी उत्पादन फेला पर्दछ ७ वटा बोटए ओ.कार्डो (घ्युफल) पनि पाइयो । उसोत प्रो पराइटर श्रीमान यानी पति हाल ३२ वर्ष सेवा गरेका कृर्षी विकाश शाखाका ८औ वा तहका अधिकृत पदमा काम गर्दै आई राखेका श्री नरेन्द्र थापा ज्युको सल्लाहा सुझाब र खटन पठनमा पनि फार्मले फड्को मारेको होला । तर प्रोपराइटर श्री लक्ष्मी कुमारी थापा भन्नु हुन्छ मेरो एक मुठ्ठी तागत रगत र वर्कत छदा सम्म म यो फार्म लाई अघि बढाई रहने छु ।बढाउने छु र भावी सन्तती पनि प्रोजेक्ट खोलेर मैले यहाँ पुराएको फर्मलाई सदा जिवन्तता दीने छन र लाग्ने छन भन्ने थप हौसल्ला उहाँमा पलाएको छ । उहाँमा अर्को हौसल्ला छ मैले ब्यक्तीगत आजिवन गरेको पेशामा यदी सरकारले दृस्ट्री दीन्छ भने यो फार्म फार्ममात्र सिमित हुने छैन योत सरकारको अनुदानीत प्रोजेक्ट हुन जानेछ भन्ने उहाँको अभिब्यक्ती ध्रुवतारा एफ.एम.का कार्यक्रम सन्चालक यामराज विष्ट सँग पटक पटक रहयो ।
सरकार भन्छ कृषीमा आधुनिकी करण गर्छु देश विकसित र समुउन्नत बनाउदछु तर यि .न.१ का कृर्षक प्रति न स्थानिय सरकारको ध्यान गएको छ नत प्रदेश सरकारको नत केन्द्र सरकारको सरकार म लेखक पनि सरकार समक्ष के निवेदन गर्दछु भने सरकार तपाईका दृस्ट्रीले यदी कृर्षी क्षेत्रमा लगानीको बृस्ट्री नै आत्म सात गरी लगानी गर्न खोजेको हो ।अवश्य मेव हो । भने सवभन्दा पहीले लक्ष्मी कुमारी थापा दैलेख ना.न.पा वार्ड न.४की प्रोपराइटर को कृर्षी फाँर्म अवलोकन गर्ने हिम्मत राखी आधुनिक कृर्षी औजार विउ विजन र पर्याप्त तालीम र सरकारी अनुदानको रकम लगानी गर्ने हिम्मत राखौँ ।
जो कृर्षी फाँर्मले जिल्ला जिल्लामा पुग्ने गरी सन्तोला , अनार, किवी, अलैची र विभिन्न जातका फलफुल उत्पादन गरेको छ ।बजारको व्यवस्थापन शिप र उर्जामा अवश्य लगानी गर्न चाहेको हो भने सो कृर्षी फाँर्मलाई अनुदानमा लगानी गरी प्रोजेक्ट कीन नदीने जनशक्ती र शिप थप हौसल्ला प्रदान कीन नगर्ने ,सरकार बढी हैन प्रदेश सरकार ले तिस लाख स्थानीय सरकारले ३०लाख , केन्द्र सरकारले ३०लाख गरी जम्मा नब्बे लाख एक करोडको हाराहारीमा रकम लगानी गर िप्रोजेक्ट खाल्न लगाउने र बजारको शुनिस्चीतता गर्ने हो भने मध्य प्रदेश कर्णाली र सु.पुक्षेत्रका हावा पानी मिल्ने ठाँउमा बजारी करण को व्यवस्था हुनेहो भने यो कृर्षी फर्म कृर्षी फर्मको रुपमा मात्र सिमीत खुम्चे र बस्दैन यो फर्म प्रोजेक्ट बन्दछ ।
जिल्ला जिल्लाले उन्नत कृर्षी कार्य क्रमको ठुलो सिप ज्ञान कला को भन्डारको रुपमा कृर्षकहरुलाई आकषर््ीत अचम्मीत गरी देश जिल्ला गाँउ गाँऊमा कृर्षीका विकाशमा आँखाको नानीमा हरीयालि र उच्च जिवन जिउने शैलिको विकाश गराई दीन्छ ।
सरकार बाँझो जमिन जोत्न पहीला यिनै फार्महरु बाट कृर्षी गर्ने हौसला बढाउन सरकारको बजेट भित्र अबलोकन गरी यी फाँर्महरु पर्नु कुनै गम्भिर चुनौति खडा हुन्छ र सरकार । हजुरको योजना नपरेका कृर्षी फर्महरु ओझेलमा परेका प्रति सरकार समक्ष यो लेखक अन्वेषण भई यी योजना हरुलाई प्राथमिकताको सुचिमा आँउन प्रस्तुत हुन्छ । अर्को कुरा सरकार यी योजनाहरु दृर्घकालिन रुपले प्रोजेक्टमा जब पर्दछन तब त सरकार हजुरको कृर्षी कार्यक्रमले देश आत्मर्भिता को सुचिमा उन्मुख हुन जाला सरकार सरकार ,एउटै कृर्षी फाँर्मले जव बहु आयामिक किसिमका फलफुल अन्न दाल फलाउने जब क्षेमता राखदछ । त्यो फाँर्मले प्रोजेक्ट खोल्ने षमता अवश्य राख्दछ र त्यो फाँर्मले शिकाईमा गाँउ गाउँ टोल बस्तीमा कृर्षी फाराम खोलि सरकारको लक्ष्य अनुसार बाझाँ जमिन जोती आकर्षीत कृर्षी फाँर्म फलफुल लगायत अन्न उत्पादनका योजना पुर्ण भई देश आत्मनिर्भता बाटो तर्फ उन्मुख भई युवा बेरोजगार को पनि नस्ट्र हुनेनै छ ।सरकार यो बहुआयामिक बहुउद्धेशिय फाँर्ममा सिचाँको प्रबन्ध मिलाई दीनुहोस् सरकार आधुनिक कृर्षी औजार प्रदान गर्नुहोस् विउ विजन मल र लगानीको प्रयाप्त व्यबस्था मिलाई बजारी करणको शुनिश्चीता प्रदान गरी प्रोजेक्ट खोल्ने हौसला प्रदान गर्नु परो सरकार, सरकार हाम्रा बेरोजगार युवा युवतीहरु कोरना माहा मारीका कारण विदेशबाट स्वदेशमा फर्की राखेका छन । यि युवाहरुलाई लाखौं लाखको संख्यामा यस्ता कृर्षीका कार्यक्रम हर लागु गरी पशुपालन ब्यवसायमा आधुनिकी करणको प्रबल खाँचो हुने विषयले प्राथमिकता पावस सरकार । यसो नभएत मान्छेले मान्छेलाई खाने भोक मरीको समस्या विद्यमान रहन जाला सरकार। अव चिन्तन मनन गर्ने बेला नेपालमा आई सकेको छ ।उहाँ जस्ता लक्ष्मी कुमारी थापा लाई लक्ष्मी कै भुमिकामा राख्न सरकारको लगानकिो खाँचो छ । सरकार आजै देखी लागू गरौँप्रोजेक्ट ।
ॐ महालक्ष्मे विद्धमये विष्णु प्रीयाये तन्नो लक्ष्मी प्रचोदयात।।
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.व्य.तथा व्या.कलि
शाखा दैलेख