☰ open Loading... 26 November 2024|  

कर्णालीमा कोरोना संक्रमित संख्या ४८९ पुग्यो
  | २३ जेष्ठ २०७७, शुक्रबार १८:४४

२३ जेष्ठ -कर्णालीमा शुक्रबार मात्र थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी प्रभावित जिल्ला दैलेख भएको छ। ३०९ जनामा कोरोना संक्रमण देखिएको छ। कर्णाली प्रदेशका दैलेख , मुगु, कालीकोट, सुर्खेत, जुम्ला , सल्यान र जाजरकोट गरी ७ जिल्लामा कोरोना संक्रमण फैलिएको हाे । कोरोनाबाटै कर्णालीमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो संगै काेराेना संक्रमितको संख्या कर्णालीमा ४८९ जना पुगेको हाे । शुक्रबार थपिएका सहित कर्णाली प्रदेशमा काेराेना संक्रमित पुष्टि भएकाहरूको कूल संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा कोभिड–१९ पोजिटिभ देखिएको छ।

संक्रमितहरूमध्ये दैलेखमा मात्रै ९१ जना छन भने जुम्लामा तीन, हुम्लामा एक, दोलखामा एक, रामेछापमा एक, गोरखामा एक, सुर्खेतमा एक र जाजरकोटमा एकजनामा संक्रमण देखिएको छ।