☰ open Loading... 26 November 2024|  

नेपालमा काेराेना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो, मृतकको संख्या १३ पुग्यो
  | २४ जेष्ठ २०७७, शनिबार १७:१७

जेठ२४-, नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशकाे विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।
आज थप थपिएका ३२३ जना सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको हाे। नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना भने उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

आजै दूइ जनाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको
संख्या १३ पुगेको हाे । डोल्पाका ५८ वर्षीय संक्रमितको मृत्यु भएको छ भने अर्का डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पातल निर्देशक डा मंगल रावलले जानकारी दिनुभयाे। उहाँका का अनुसार सुर्खेतमा अस्थायी बसोबास गर्ने ती पुरुषको होम क्वारेन्टाइनमा नै मृत्यु भएको छ।

उनी सुर्खेतबाट १६ गते डोल्पा पुगेका थिए। उनको जेठ २१ गते मृत्यु भएको हो। मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको हो। पिसिआर परीक्षणमा उनीमा कोरोना पोजिटिभ देखिएको डा रावलले जानकारी दिनुभयो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना उपचार गराएकी एक महिलाको  शुक्रवार राती मृत्यु भएको डा. विकास देवकोटाले जानकारी दिनुभयो ।  संक्रमितलाई निमोनिया र मिर्गौलामा समेत समस्या देखिएको उहाले बताउनुभयो। यो सगै नेपालमा मृतकको संख्या १३ पुगेको छ ।