दैलेख – क्वारेन्टाईनमा केही दिन अगाडि मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको परिवारलाई दुल्लू नगरपालिकाले किरिया खर्च २५ हजार रुपैंया दिएको छ । शनिवार दुल्लुनगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले मृतकको घरमा पुगेर परिवारका सदस्यलाई किरिया खर्च दिएका हुन् ।
भारतको एक होटलमा काम गर्ने थापाको दुल्लू नगरपालिकाले बनाएको नेपाल प्राविधिकरणको क्वारेन्टाईनमा मृत्यु भएको थियो।
तीनदिन अघि स्वाब संकलन गरिएको मृतकको मृत्यु पछि मात्र रिर्पोट पोजेटिभ आएको थियो । थापाको जेठ १७ मा विहान मृत्यु भएको थियो ।
मृतक थापाकी छोरीलाई निशुल्क प्राविधिक शिक्षा अध्ययन गराईने दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए । नगरप्रमुख भण्डारीले भने, ‘अहिले मृतकको छोरी कक्षा १० मा अध्ययनरत छिन् भने उच्च शिक्षाको लागि नगरपालिकाले सहयोग गर्ने बताए ।