दैलेख , २५ जेष्ठ -कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा दैलेख ,सुर्खेत, सल्यानमा आज दिन थप ५४ जनालाई कोरोना संक्रमण देखिएको छ। शनिबारसम्म कर्णालीमा काेराेना संक्रमितकाे सख्या ५ सय ८७ जना थिए ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । आइतबार काेराेना संक्रमण पुष्टि हुजेहरूमा , सुर्खेतका २० ,सल्यानमा२८ कालिकोटका ३ र दैलेखका ३ जना रहेका छन् । हालसम्म कर्णालीमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । शुक्रवार दैलेख र सुर्खेतका ७ जना कोरोनालाई परास्त गरि प्रदेश अस्पतालबाट डिस्चार्ज भएका हुन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमितबाट ३ जनाको ज्यान गएकाे छ ।दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।