| २७ जेष्ठ २०७७, मंगलवार ०९:५०
दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्।भैरव प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको वडाअध्यक्ष खगेन्द्र थापाले बताए।
चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोजितरुपमा हातपात भएको थापाले बताए। ती युवाहरुको समूहले घटनाअघि आफूहरूलाई राम्रो चामलको ब्यवस्था नभएको गुनासो गरेका थापाले जानकारी दिए।
थापाले यसको निश्पक्ष छानविन र दोषीलाई कारवाही माग गरेका छन्। आक्रमणपछि इलाका प्रहरी कार्यालय दूल्लुको टोलीले उनको उद्दार गरेको छ।अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।