| २७ जेष्ठ २०७७, मंगलवार २०:५६
दैलेख – नायरायण नगरपालिका दैलेखलाई ,सुर्खेतको विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपाल नामक संस्थाले फिटिङसहितको १० वटा शौचालय सयाेग गरेको छ ।
करिब ५ लाख रुपैयाँ खर्चमा फिटिङ सहितको शौचालय सहयोग गरिएको आइडिया नेपाल संस्थाका सचिव राजकुमार विकले बताए । आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुलाई मध्यनजर गर्दै शौचालय निर्माणका लागि आवश्यक सामग्रीहरु सहयोग गरिएको सचिव विककाे भनाइ छ।
नगरप्रमुख रत्नबहादुर खड्काले पत्रकारहरु संग कुरा गर्दै यो महामारीमा लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन्, हामीले अपिल गरेअनुसार नै संस्थाले सहयोग गरेको छ,। शाैचालय अभाव भएको ठाउँमा शैैैाचालय बनाउनेे बताए । आइसोलेसन बनाइएको नारायण आधारभुत विद्यालय, सरस्वती मावी, विद्धाआश्रम लगाएतका ठाउँमा शौचालय जडान गरिनेछ।