☰ open Loading... 21 November 2025|  

३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खस्याे
  | २८ जेष्ठ २०७७, बुधबार १५:३६

सुर्खेत २८ जेष्ठ -भारतबाट आएका नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ। जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर गएको टिप्पर बुधबार विहान १०ः२० मा कर्णालीमा खसेको होे। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वशन्त पन्तका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइतेको कर्णाली नदीबाट उद्दार गरिएको छ।

घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर उद्दारको काम भइरहेको छ,’ डिआइजी पन्तले भने, ‘अहिलेसम्म दुई जनाको मृत्यु र चार जना गम्भीर घाइते भएको खवर आएको छ, बाँकी विवरण संकलन संकलन गर्ने क्रममै छौं।’ उनले कर्णालीमा कति जना बगे भन्ने तथ्याङ्क पनि आइनपुगेको बताए। @नागरिक