| २८ जेष्ठ २०७७, बुधबार १६:२३
दैलेख जेठ २८ – कर्णाली प्रदेशमा बुधबार थप नयाँ ३७मा काेराेना पुष्टि भएको छ । बुधबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना संक्रमितको संख्या थपिएको जनाइएको छ । मंलबारसम्म कर्णाली प्रदेशमा संक्रमितको संख्या ६७१ पुगेको थियो । बुधबार ३७ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको हो । बुधबार दैलेखका २५ सुर्खेतमा ९र जाजरकोटका ३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।