| २९ जेष्ठ २०७७, बिहीबार १९:२४
दैलेख – कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
थपिएका मध्ये दैलेख भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा काेराेना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ ।