☰ open Loading... 29 November 2024|  

दैलेखमा शुक्रबार थप २२जनाले काेराेनालाई जितेर घर फर्के
  | ३० जेष्ठ २०७७, शुक्रबार १९:४५

दैलेख जेठ३०-  दैलेखमा शुक्रबार २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । शुक्रबार कोरोना सदरमुकाममा रहेको सरस्वती मावि तर्ताङ्ग आइसोलेशनमा उपचार गराइरहेका २२ जनासहित, डुङ्गेश्वर गाउँपालिकाका १जना र दुल्लु नगरपालिकाका तीनजना गरि दैलेखमा अहिलेसम्म काेराेना जित्ने संख्या २६पुगेको हाे।

कोरोना संक्रमण पुष्टि भएको व्यक्तिहरुको दोस्रो पटकको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई शुक्रबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय दैलेलेखले जनाएको छ। आइसोलेसनमा रहेका व्यक्तिमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपछि र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको अस्पतालका प्रमुख डाक्टर निरञ्जन पन्तले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्किनेमा दैलेख नारायण नगरपालिका वडा नम्बर –२ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर –३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर –४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएका छन्।

त्यसैगरी वडा नम्बर –६ का २७ वर्षीय पुरुष, वडा नम्बर –८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर –९ का २० र ५० वर्षीय पुरुष, वडा नम्बर –१० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको हुन ।

कोरोना रोगलाई परास्त गर्नलाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठलगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर  बिदाइ गरेका थिए।