नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाको संयोजकत्वमा बाँके बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने अभियान चलिरहेका बेला कोहलपुर नगरपालिकाले पनि उक्त अभियानमा सहयोग गरेको छ ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उक कार्यक्रममा सार्वजनिक रूपमै सुरक्षित भविष्यका लागि बाँके, बर्दिया कर्णाली प्रदेशमै जानुको विकल्प नभएको दाबी गरेका छन् ।
कोहलपुर नगरपालिकाको सातौ नगर सभा बाट समेत सर्वसम्मत रुपले कर्णाली प्रदेशमा जाने निर्णय भएको उनी बताउँछन् । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि साधारण सभा मार्फत उक्त अभियानलाई पारित गरिसकेको छ । अब बाँके र बर्दियाका सबै स्थानीय तहले बाँके, बर्दिया कर्णालीमा मिसाउनुपर्ने अभियानलाई एजेण्डाका साथ अघि लैजानुपर्ने जनस्तरबाटै दबाब आइरहेको छ ।
यस क्षेत्रका आमनागरिकले समेत बाँके र बर्दिया कुनै पनि हालतमा ५ नम्बर प्रदेशमा नबस्ने अडान राख्न थालेका छन् । हामीलाई कर्णाली प्रदेशमा मिसिदा राम्रो हुन्छ । अब दाङसम्म भए पनि हामी मान्दैनौ भन्दै त्यसको लागि अभियानहरु शुरु गर्न बाँकेका स्थानीयले आग्रह गरेका छन् ।
अखण्ड सुदूरपश्चिमको आन्दोलन ठूला भनौदा नेताको कारण हुन नसकेको भन्दै बाँके, बर्दियाका नानगरिकले अब यसका लागि तत्काल आन्दोलन थाल्नुपर्ने बताएका छन् । उनीहरूले आफूहरूको आवश्यकता परे जुनसुकै बेला पनि सडकमा उत्रिन तयार रहेको बताएका छन । लकडाउनका कारण स्थगन भएको कर्णाली प्रदेश मिसाउने अभियान अब तत्काल शुरू गर्नुपर्ने कोहलपुरका मेयर रावतको भनाई छ ।
अब बाँके, बर्दियालाई कर्णालीमा मिसाउन नता मात्रै होइन जनता जनस्तरबाटै घरघरबाटै उठने तयारीमा रहेका छन् । यसअघि सुर्खेतमा आन्दोलन हुँदा पनि बाँके, बर्दियालाई कर्णालीमै गाभ्नुपर्ने आवाज उठेको थियो । तर, आफूलाई ठूलो नेता र पार्टीको लिडर सम्झेनेहरू मनोमानीका कारण आज यो समस्या आएको बाँकेबासीको बुझाई छ । आम बाँके, बर्दियाबासीले तत्काल अभियान थालन महोल बनाउँन उपमहानगरका मेयर राणासहित सबै स्थानीय हतका प्रमुखहरूलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशमा मिसिदा बाँके र बर्दिया मुख्य शहर नै हुने स्थानीयको भनाई छ । राजधानी नभए पनि नेपालगन्ज विकासमा पछि पर्दैन भनेर नेताहरुले आश्वासन मात्रै दिने गरेको आरोप लगाउँदै स्थानीयले समेत अब बाँके, बर्दियाले वुटवल वा दाङ राजधानी नस्वीकार्ने बताएका छन् ।
बाँके र बर्दियाका पालिकालाई अगाडि सार्ने, नेताहरुलाई एकताबद्ध गराउने, उद्योगी, व्यापारी, युवा विद्यार्थी, नागरिक समाजलाई अगाडि ल्याउने रणनीति बनाउन अवश्यक रहेको जानकारहरू बताउँछन् । अब बाँके, बर्दियालाई कर्णालीमा मिसाउने आन्दोलन सशक्त हुने देखिएको छ । कर्णाली प्रदेशले बाँके बर्दियालाई मिसाउन समर्थन र सहमति दिइसकेको छ।
| ३० असार २०७७, मंगलवार २१:२४