☰ open Loading... 26 November 2024|  

नेपालको एक मात्र संरक्षित क्षेत्र क्राकेबिहार संरक्षणमा जुटे स्थानियः जरायोको आहाराकालागि सुपर नेपियर घाँस रोपियो
  | ३१ असार २०७७, बुधबार १६:०५

सुर्खेत -नेपालको एक मात्र संरक्षित क्षेत्र र बिश्व संम्पदा सूचिमा सूंचिकृत सुर्खेतको क्राकेबिहार क्षेत्रमा जरायोलाई लक्षित गरेर सुपर नेपियर घाँस रोपिएको छ। बीरेन्द्रनगर ९ लाटिकोइलीका युवाहरुको सक्रियतामा जन्ती साल क्षेत्रमा १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको हो ।

चारैतिर आवादी रहेको चरिचरणको अभावका कारण वन्य जन्तु जरायोलाइ लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिनुभयो ।
रेडियो भेरिका केशव कोइरालालले एक हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले पाँच सय बिरुवा सहयोग गरेको अर्का युवा सनम गिरीले बताउनु भयो ।
तीन महिनाभित्र यो बिरुवा जरायोकोलागि खान उपयुक्त हुने बिज्ञहरुले बताएका छन ।वडा अध्यक्ष सुरेश मान्नधर, ॠषि गिरि, नारायण जिसी, मेघराज गिरी केशव गिरी तारा राष्कोटी लगाएतले संयुक्त रुपमा बिरुवा रोप्नु भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष सुरेश मान्नधरले यो वर्ष काक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताउनु भएको छ ।यसले चरिचरणकालागि जरायो लगाएतका वन्य जन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास गरिएको बताउनु भयो ।यसैगरी ॠषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताउनु भयो । संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उहाँको भनाई छ ।

स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगार्इएको बताउनु भयो ।उहाँले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको बताउनु भयो ।कार्यक्रममा काक्रेबिहार संरक्षण समितिका अध्यक्ष चन्द्रा श्रेष्ठ कुन्ति पन्त लगाएतका महिलाको पनि सहभागिता रहेको थियो ।यस्तै शिसान्त गरि ,अनमोल श्रेष्ठ ,अनिल दाहाल ,रमेश थापा, सुरेश महतरा, नवराज कार्की प्रदिप रोकाय नविन गिरि रोशन कालीराज लगाएत संरक्षणमा जुटेका युवाका साथै
हाम्रो समाज लाटीकोइलीका प्रतिनिधिहरुको पनि उलेख्य सहभागिता रहेको थियो ।कार्यक्रममा रमेश गिरी हेमन्त गिरी राजन गिरी पद्मा गिरी लगाएत यातायात तथा खाजा र पानीको सहयोग गर्नुभएको हो।