यज्ञराज थापा दैलेख साउन१-दैलेखमा कोरोना पोजेटिभ बिरामिका लागि निर्माण गरिएको आईशोलेशन अस्पताल संचालमा आएको छ। सदरमुकाम नजिकै कोरोना पोजिटिभका लागि बनाइएको ५० शैैैैैैयाकाे कोरोना आइसोलेसन अस्पताल बुधवारबाट सञ्चालनमा आएको हाे ।
कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७१ लाख रकम खर्च गरी सो कोरोना अस्पताल निर्माण सम्पन्न गरिएको थियो ।
कोरोना महामारीको अवस्थामा तत्काल अस्पताल निर्माण गर्नुपर्ने भएपछि प्रिफ्याब प्रविधिको घर २१ दिनमा निर्माण सम्पन्न गरी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रिफ्याब प्रविधिका पाँच वटा भवन निर्माण गरी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
यसभन्दा अघि सामुदायिक विद्यालय र अस्थायी रुपमा स्थापना गरिएका आइसोलेसन अस्पतालका उपचार भैरहेका कोरोना पोजिटिभहरूलाई अब सो अस्पतालमा राखी उपचार गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए । सुविधासम्पन्न सो अस्पताल संचालनमा आएपछि कोरोना पोजिटिभसँगै उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि सहज भएको उनले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमण फैलिएसँगै दैलेख जिल्लामा हालसम्म ८४३ जना व्यक्तिमा कोरोना पोजिटिभ भेटिएको छ भने उपचारपछि ७२५ जना निको भएर घर फर्किएका छन् । हाल दैलेखमै स्वाब संकलनपछि पीसीआर चेकजाँचको सुविधा भएपछि रिपाेर्ट छिटो आउने र उपचारमा सहज हुन थालेको छ ।
| १ श्रावण २०७७, बिहीबार ०६:५४