☰ open Loading... 28 February 2025|  

कर्णाली प्रदेशका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण
  | १ श्रावण २०७७, बिहीबार १३:०३

१ साउन, सुर्खेत । कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरि दिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारल प्रोत्साहन भत्ता उपलब्ध गराएको थियो । छिमेकी किसानले भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि सोही रकमले तिरिदिएको डा. केसीले बताए ।

वीरेन्द्रनगर–१, सुर्खेत निवासी डा. केसी भन्छन्, ‘कर्णाली दुर्गम वा सुगम होइन, मेरो घर हो । त्यसैले भत्ता आफ्नालागि खर्च गर्नुभन्दा समस्यामा परेका विपन्न किसानका लागि खर्च गर्न उपयुक्त ठानेँ ।’

किसान कृष्णबहादुर खत्रीले दूध बेचेर ऋण तिर्ने सोचले भैंसी किनेको तर त्यसअनुसार आम्दानी नभएकाले समस्यामा परेको सुनाए । ‘भैंसी किन्दा ७० हजार ऋण ल्याएको थिएँ, बढेर डेढ लाख पुगेछ । अहिले डाक्टरले तिरिदिनुभयो,’ उनले भने, ‘डाक्टर बाबुलाई धन्यवाद बाहेक के दिन सक्छु र ।’@अनलाइन खबर