☰ open Loading... 26 November 2024|  

बाँकेमा सलह किराकाे बिगबिगी :किसानहरु चिन्तित
  | १ श्रावण २०७७, बिहीबार १५:२३

नवराज सुवेदी नेपालगन्ज :  नेपालका विभिन्न जिल्लामा सलह किरा प्रबेश गर्न थालेको छ। बालीनालीमा ठुलो नोक्सान पुर्याउन सक्ने सलह किरा नेपालका केही जिल्लामा प्रवेश संगै बाँकेको विभिन्न ठाउँमा प्रवेश गरेको छ।

सीमावर्ती भारतबाट बुधबार नरैनापुर हुँदै बाँके प्रवेश गरेको सलह किरा बिहीबार पनि जिल्लाका विभिन्न भु-भागमा घुमिरहेको हाे । 

बाँकेको दक्षिणतर्फ सलह प्रवेश संगै किसानले लगाएको खेती नोकसानी हुने हाे कि भनेर किसानमा डरत्रास छाईसकेको छ ।सलहले मकै, आँप, बदाम, धान लगायतका बालिमा क्षति पुर्‍याएकाे छ ।
सलहहरूमध्ये छरिएर गएका सलह बाँके ,बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा रहेको पछिल्लो जानकारी प्राप्त भएको हाे। 


कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बाँके विभिन्न ठाउँमा देखिएको सलहको झुण्ड मध्यम र क्षति गराउन सक्ने खालको हो । हामीले सलहकाे निगरानी गरिरहेकाे छ।सलक किरा भकाउने उपाहरुकाे बारेमा रेडियोमा ,नगरपालिका गाँउपालिकाका कृषि शाखामा यसकाे ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा किसानलाई जानकारी गराएको प्रमुख ढकालले बताए।