☰ open Loading... 27 February 2025|  

मनकारी कुलबहादुर
  | २ श्रावण २०७७, शुक्रबार २३:०५

 

यामराज बिष्ट दैलेख -काेराेना भाईरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर दैलेख बजारमा रहेका नागरिकहरुका लागि माक्स वितरण गरिएको छ। उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकले ब्यक्तिगत लगानिमा दैलेख सदरमुकाममा बसाेबास गर्दै आएका नागरिकलाई माक्स साबुन,सेनिटाईजर,ग्लोबल वितरण गरेका हुन ।

माक्स,सेनिटाइजर,साबुन वितरण गर्दै अध्यक्ष विकले कोरोना संक्रमण फैलन नदिन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।


त्यसैगरी माक्स वितरणमा नेपाल रेडक्रस साेसाईटी दैलेखका सभापति खेमराज केसीले कोरोना भाइरसको बारेमा समेत सचेत रहन आग्रह गर्दै साबुन पानीले हातमुख धुने , सरसफाईमा ध्यान दिने, भिडभाड नगर्न,कोरोना भाईरसको संक्रमणबाट आफु सुरक्षित रहँन समेत सुरक्षित रहन सबैलाई आग्रह गरे । 

समाजसेवी अध्यक्ष विकले याे भन्दा पहिले दैलेखका विभिन्न ठाउँमा ब्यक्तिगत लगानीमा ७लाख भन्दा बढीको स्वस्थ्य सामाग्री वितरण गरीसकेका छन् ।