☰ open Loading... 24 November 2024|  

नेपाली कांग्रेस कालिकोटको भाबी सभापतीमा शाही र उपाध्यायको चर्चा
  | ५ श्रावण २०७७, सोमबार १२:४५

कालिकोट – नेपाली कांग्रेस कालिकोट आगामी जिल्ला अधिवेशनको चर्चा सुरु भएको छ । कालिकोटका कांग्रेसजनहरुले आगामी अधिवेशनबाट आउने नेतृत्व र आगामी नीति तथा रणनीतिका बिषयमा छलफल गर्न थालेका छन् । यस पटकको जिल्ला अधिवेशनबाट कांग्रेसको नेतृत्व युवा नेताको पोल्टोमा आउने सम्भावना बढेको छ । जसका लागि नेपाली कांग्रेसको बर्तमान कार्यसमितिका उपसभापती संकरप्रसाद उपाध्याय र सहसचिव दमनबहादुर शाहीको चर्चा गाँँउ गाँउमा रहेको छ। 

नेपाली कांग्रेस कालिकोट प्रदेश सभा ख का पार्टी सभापती समेत रहेका निकै लोकप्रिय युवा नेता दमननबहादुर शाही सधै जिल्लामा बसेर पाटीको काममा ब्यष्त रहने, संगठन निर्माणमा सक्रिय, जिल्लामा कांग्रेसजनहरुलाई परेको समस्याको सारथी, सामाजिक कार्यमा सक्रिय, जिल्लामा हुने हरेक गतिबिधिमा पाटीको तर्फबाट अर्थपुर्ण प्रतिनिधित्व गर्ने लगायतका उदाहरणी कार्यले उनी चर्चाको केन्द्र बिन्दुमा छन् । शालिन, भद्र, जिम्मेबारीमा प्रतिबद्ध जस्ता गुणले कालिकोटका हजारौँ कांग्रेसजनहरु आगामी पुस १३ गते हुने जिल्ला अधिवेशनमा दमनबहादुर शाहीलाई जिल्लाको पाटी सभापतीमा निर्बाचित गर्नुपर्छ भन्ने धारणहरु सामाजिक संजालहरुबाट बाहिर आउन थालेका छन् । कांग्रेसको केन्द्रीय समितिको कार्यतालिका अनुसार आगामी पुस ६ गते वडा अधिवेशन हुँदै पालिका, क्षेत्र हुँदै १३ गते जिल्ला अधिवेशन गर्ने तयारी छ ।

विगतमा थोरै प्रतिनिधिका बाबजुत नेतृत्व आफ्नो पोल्टामा पार्र्न कोठे भेलादेखी बिभिन्न हत्कण्डाहरु काम लाग्थ्ये । यस पटक भने जिल्लाभरीबाट १ हजार ३ सय ५० भन्दा बढी प्रतिनिधिहरु आउने भएकाले आम कांग्रेसजनहरुको मनमा बस्न सफल व्यक्ति नै पार्टीको नेतृत्वमा आउने निश्चित छ । यसका लागि युवा नेता दमनबहादुर शाही उपयुक्त पात्र भएको कार्यकर्ताहरुको भनाई छ । उनी नेपाली कांग्रेसका केन्द्रीय पार्टी सभापती शेरबहादुर देउवा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशको प्रतिपक्षदलको नेता जीवनबहादुर शाहीको एकदमै नीकट छन् ।



यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटका उपसभापती र प्रदेश सभा क का पार्टी सभापती संकरप्रसाद उपाध्यायलाई पनि कांग्रेसको भावी पाटी सभापतीका रुपमा हेरिएको छ । उनी गत २०७४ सालको स्थानिय तहको निर्बाचनमा जिल्लाको तिलागुफा नगरपालिकाको मेयरमा ६५ मतले तत्कालिन नेकपा माओबादीका उम्मेद्वारसँग पराजित उम्मेद्वार हुन् । कांग्रेसको संगठन तेस्रो तहमा भएपनि व्यक्तिगत रुपमा समुदायमा निकै लोकप्रिय भएका कारण उनले थोरै मतले मेयरमा पराजित भए । उनलाई अहिले पनि प्रदेश सभा कबाट पार्टी सभापतीका लागि एक्लो उम्मेद्वारका रुपमा सबैले समर्थन गरी अगाडी बनाउने सम्भावना छ । जिल्लाभरीका आम कांग्रेसजनहरुका प्रिय नेता भएकाले उनी सभापतीको उम्मेद्ववार उठ्ने अवस्था आएमा भारि मतका साथ बिजयी हुने कांग्रेस कायर्यकर्ताहरुको भनाई छ । युवा पुष्ताका नेता दमनबहादुर शाही वा संकरप्रसाद उपाध्यायलाई नेतृत्वमा ल्याउदा कालिकोट कांग्रेसको भबिश्य उज्वल हुन्छ भन्नेमा आम कार्यकर्ताहरुको भनाई छ । तर कांग्रेसमा हुने गटगत राजनीतिले उनीहरुलाई सभापतीको उम्मेद्वारका रुपमा प्रस्तुत नगरिए कांग्रेसको नेतृत्व कस्तो आउछ भन्ने अन्यौल छ। अहिले नै बस्ती बस्तीमा नेपाली कांग्रेसको भाबी जिल्ला अधिवेशनको चर्चा सुरु भइसकेको छ ।