| ६ श्रावण २०७७, मंगलवार १५:४४
दैलेख – वर्षातका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गमा पहिरो जाँदा अवरुद्ध भएको छ । राजमार्गअन्र्तगत अछामको वेलखेत –विनायक –गैरीटाड सडक खण्डमा पहिरो गएको हो । पहिरोले अवरुद्ध सडक खुलाउन डोजरहरु प्रयोग भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका प्रमुख नारायण न्यूउरेले बताए । अवरुद्ध राजमार्ग मंगलवार साँझसम्म खुलाईने तयारीका साथ काम धमाधम भईरहेको जनाईएको छ । पहिरोले अन्य ठाउँमा सामान्य सडक अवरुद्ध गरेको छ । यसअघि कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठविस नगरपालिकाको रार्कम नजिक पनि पहिलो अवरुद्ध भएको थियो ।